धनकुटा घट्यो कोरोना संक्रमण, १० जनामा कोरोना पुष्टि

Dhankuta pcr lab

धनकुटा । धनकुटामा आज १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने आज १ जना मात्रै कोरोना संक्रमणमुक्त भएका छन् ।

धनकुटामा आजसम्म २ हजार ७ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाका सक्रिय संक्रमितको संख्या १ सय ६७ रहेको छन् भने धनकुटामा २ हजार ५ सय ७ जना कोरोनामुक्त भएका छन् ।

१ सय ५८ जना होम आइसोलेसनमा रहेका छन् भने ७ जना संस्थागत आइसोलेसनमा र ११ जना अस्पतालमा उपचारार्थ रहेको जिल्ला प्रशासन कार्यालय धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठद्धारा जारी गरिएको विज्ञप्ती उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस