पछिल्लो २४ घण्टामा ३५ जनाको मृत्यु

Corona virus photo

काठमाडौं । पछिल्लो २४ घण्टामा दुई हजार ५६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको दश हजार ९३ वटा पीसीआर परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, पाँच हजार ५१८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८८५ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई हजार ४५८ जना कोरोना सङ्क्रमित निको भएका छन् भने सङ्क्रमणका कारण ३५ जनाको मृत्यु भएको छ । योसँगै दश हजार ३२७ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म ९३.२३ प्रतिशत संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा एक लाख ५८ हजार ३३५ जनाले खोप लगाएका छन् । नेपालमा अहिले ३९ हजार ३७१ जना सक्रिय सङ्क्रमित छन् । जसमा ७९५ जना सघन कक्षमा र १९७ जना भेन्टिलेटरमा रहेर उपचार गराइरहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...