कोरोना संक्रमणबाट धनकुटाका व्यापारी भुलन शाहको मृत्यु

Bhulan shaha

धनकुटा । कोरोना संक्रमणबाट धनकुटामा थप एक जनाको मृत्यु भएको छ । यो सँगै धनकुटामा कोरोना संक्रमण मृत्यु हुनेको संख्या ४० पुगेको छ । 

धनकुटामा होटल व्यवसाय गर्दै आएका भुलन शाहको कोरोना संक्रमणका कारण उपचारको क्रममा सोमबार विहान सवा ६ वजे कोशी अञ्चल कोभिड हस्पिटल विराटनगरमा निधन भएको छ ।

शाहलाई कोभिड पोजेटिभ भएपछि धनकुटा–६ स्थित् औधोगिक ग्राममा रहेको क्वारेन्टाईनमा उपचारको लागी राखिएको थियो । तर एक्कासी सुगर बढेपछि उनलाई थप उपचारका लागि शुक्रबार मात्रै धनकुटा जिल्ला अस्पतालले मोरङको कोशी अञ्चल कोभिड अस्पताल विराटनगरमा रेफर गरेको थियो ।

धनकुटामा होटल व्यावसाय गर्ने मध्येका तराई मुलका पुराना व्यवसायीको रुपमा परिचत थिए ।

२०३८ सालमा पहिलो पटक धनकुटा हिलेमा आएर भुलनले होटल व्यावसाय गरेका थिए । ०४५/०४६ सालदेखी नियमित रुपमा धनकुटाको मदनचोकमा भुलन होटल संचालन गरेका थिए । अहिले भने चुवाको वोटमा होटल गर्दै आएका थिए ।

१ छोरा, ३ छोरी र एक श्रमितीको साथ स्वर्गिय भुलन शाह धनकुटामा जीवन यापन गर्दै आएका थिए । उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईले धनकुटाका एक कुशल होटल व्यवसायीको कोरोना संक्रमणको कारण निधन भएको भन्दै दुःख व्यक्त गरे ।

प्रतिकृया दिनुहोस