धनकुटामा शुन्यमा झर्‍यो कोरोना संक्रमण, १९ जना कोरोनामुक्त

Dhankuta pcr lab

धनकुटा । आज धनकुटामा कोरोना संक्रमण शुन्यमा झरेको छ । हिजो शनिबार धनकुटामा १७ जनामा कोरोना पुष्टि भएको थियो ।

जिल्ला प्रशासन कार्यालय धनकुटाका अनुसार आज आइतबार धनकुटामा १९ जना कोरोनामुक्त भएका छन् । योसँगै धनकुटामा कोरोनामुक्त हुनेको संख्या २ हजार ४ सय ९३ जना पुगेको छ ।

हाल धनकुटामा २ हजार ६ सय ६८ जना संक्रमित भइसकेका छन् भने अझैं धनकुटामा १ सय २६ जना सक्रिय संक्रमित छन् ।

आज दिउँसो ३ बजेसम्म धनकुटामा १ सय २६ जना होम आइसोलेसनमा रहेका छन् भने ७ जना संस्थागत आइसोलेसनमा र १३ जना अस्पतालमा उपचारार्थ रहेको जिल्ला प्रशासन कार्यालय धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी रामनारायणा श्रेष्ठद्धारा जारी गरिएको विज्ञप्ती उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस