डेढ घण्टा मै १० अर्ब बढीको शेयर कारोबार , हाइड्रो र फाइनान्समा ठूलो करेक्सन    

Share wedf

काठमाडौँ । आइतबार डेढ घण्टाको अवधि मै १० अर्ब बढीको शेयर कारोबार भएको छ । आइतबार साढे १२ बजेसम्मको अवधिमा  १० अर्ब ४० करोड बढिको कारोबार भएको हो । 

यो समाचार तयार पार्दासम्म नेप्से सूचक २.१० प्रतिशत अर्थात् ६६.७७ अंकले घटेको छ । लघुवित्त र समुह र उत्पादन तथा प्रशोधन समुह बाहेक सबै समुहगत सूचक घटेका छन् । जसमा हाइड्रोपावर सबैभन्दा धेरै ६.६५ प्रतिशत तथा फाइनान्स समुह ५.९८ प्रतिशतले घटेको छ । 

मौद्रिक नीतिमा शेयर बजारलाई प्रभाव पार्ने खास विषय नभएपनि शेयर धितो कर्जाको सीमा तोकिएकोले यसले बजारलाई असर गर्ने जानकारहरुले बताएका छन्।

मौद्रिक नीतिमा भनिएको छ ‘बैंक तथा वित्तीय संस्थाहरुबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा जोखिम न्यूनीकरण गर्दै साना लगानीकर्ताहरुको पहुँच अभिवृद्धि गर्ने अभिप्रायले यस्तो कर्जा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम रु. ४ करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम रु. १२ करोडसम्म मात्र लिन सक्ने व्यवस्था मिलाइने छ ।

ऋणीले उक्त सीमाभन्दा बढी कर्जा उपभोग गरिरहेको अवस्थामा यस्तो कर्जा नियमित गर्न उपयुक्त समय सीमा प्रदान गरिने छ।’ यो ब्यबस्थाले बजारलाई प्रभाव पार्ने बताईएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले यो ब्यवस्थाले बजारलाई प्रभाव पार्ने उल्लेख गरेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...