देशैभर थप २,६२४ जनामा कोरोना संक्रमण, १,३२० जना संक्रमित निको

Coronav660

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ६६७ पीसीआर परीक्षण गर्दा १ हजार ९४७ जना र ४ हजार ९०६ एन्टिजेन परीक्षण गर्दा ६७७ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै गत २४ घण्टामा देशभर २० जना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको संख्या १० हजार २५९ पुगेको छ।

देशभर हालसम्म ३९ हजार ४०५ जना सक्रिय संक्रमित छन्। शनिबार १ हजार ३२० जना संक्रमणमुक्त भएका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...