कोरोना प्रभावित व्यवसायीलाई ऋण तिर्न पुससम्मको  म्याद थप  

Maudrik niti

काठमाडौँ । सरकारले कोरोना महामारीका कारण जोखिममा परेका उद्योगी व्यवसायीको उत्थानका लागि ऋण तिर्ने म्याद पुससम्म दिने भएको छ।

शुक्रबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गर्दै कोभिड १९ को कारण ऋण तिर्न नसकेका उद्योगी व्यवसायीहरुले आउँदो पुससम्ममा ऋण तिर्ने सुविधा दिने घोषणा गरेको हो।

गभर्नर महाप्रसाद अधिकारीले कोरोनाबाट अति प्रभावित होटल, पर्यटन जस्ता क्षेत्रका व्यवसायीलाई प्राथामिकता दिइनेछ। राष्ट्र बैंकले चालु आर्थिक वर्षमा विद्युतीय भुक्तानीलाई प्राथामिकतालाई उल्लेख गरेको छ।

महामारीका बेला विद्युतीय भुक्तानीको प्रभावकारिता राष्ट्रबैंकले त्यसलाई प्राथामिकता दिने भएको हो।

वृद्धाभत्तालगायतका भक्ताहरु सम्बन्धित व्यक्तिले सजिलै पाउने सक्ने व्यवस्था मिलाउने, सहकारीमा समेत नगद भुक्तानीको सीमा निर्धारण गर्ने र कर्णाली प्रदेशमा वित्तिय उपस्थितिको मात्र बढाउने घोषणा राष्ट्रबैंकले गरेको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...