महामारीबाट प्रभावित उद्योग व्यवसायले पाउने पुनर्कर्जालाई निरन्तरता दिइने

Rashtra bank

काठमाडौँ । कोरोना महामारीबाट प्रभावित उद्योग व्यवसायलाई पुनरुत्थान गर्न ल्याइएको पुनर्कर्जाले चालु आर्थिक वर्ष २०७८/७९ मा समेत निरन्तरता पाएको छ ।

महामारीबाट प्रभावित उद्योग व्यवसायलाई शीघ्र पुनरुत्थान गर्न ल्याइएको पुनर्कर्जाको विद्यमान व्यवस्थालाई निरन्तरता दिइएको नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिमा उल्लेख छ ।

मौद्रिक नीतिमा गत आवमा दिइएको रकमको अधिकतम सीमा ननाघ्ने गरी यो वर्ष समेत त्यसलाई निरन्तरता दिने निर्णय भएको हो । पुनर्कर्जा लघु, घरेलु, साना तथा मझौला उद्यम व्यवसायले प्राथमिकताका आधारमा पाउने भएका छन् ।

उता, कोभिड १९ महामारीका कारण संकटग्रस्त उद्योग, पर्यटन व्यवसाय, सञ्चार, यातायात, पार्टी प्यालेस, व्यायामशाला, सिनेमा तथा मनोरन्जन उद्योगलगायत व्यवसाय पुनरुत्थानका लागि व्यवसाय निरन्तरता कर्जा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्ने समेत नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...