आज राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने

Nepal rastra bank

काठमाडौं । चालु आर्थिक वर्षका लागि नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । साउन पहिलो साता नै सार्वजनिक हुने भनिएको मौद्रिक नीति सरकार परिवर्तनका कारण ढिलाइ भइ आज सार्वजनिक हुने भएको हो ।

मौद्रिक नीतिका विषयमा छलफल गर्न अहिले राष्ट्र बैंकको सञ्चालक समिति बैठक बसिरहेको छ । राष्ट्र बैंकले दिएको जानकारी अनुसार सञ्चालक समितिले पारित गरे पश्चात आजै मौद्रिक नीति सार्वजनिक हुनेछ ।

कोरोना महामारीका कारण समस्यामा परेको अर्थतन्त्र र सरकारले लिएको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट समेतलाई सहयोग पुग्ने गरी राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने जानकारी दिएको छ ।

यो वर्ष पनि मौद्रिक सहुलियत र सुविधा अपेक्षा गरिएको छ । तर, गएको वर्षको जस्तो यसपालि धेरै सुविधा नआउने सम्भावना छ ।

गएको आर्थिक वर्षको मौद्रिक नीति साउन २ गते सार्वजनिक भएको थियो । तर, चालु आर्थिक वर्षको मौद्रिक नीति ल्याउने समयमा सरकार परिवर्तन भएपछि मौद्रिक नीति ल्याउन ढिलो भएको हो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...