पछिल्लो २४ घण्टामा थप ३,२६० जनामा कोरोना संक्रमण, ३२ जनाको मृत्यु

Coronav660

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ८०६ पीसीआर परीक्षण गर्दा २ हजार ४७३ जना र ४ हजार ६५६ एन्टिजेन परीक्षण गर्दा ७८७ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै गत २४ घण्टामा देशभर ३२ जना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको संख्या १० हजार २१२ पुगेको छ।

देशभर हालसम्म ३८ हजार १८० जना सक्रिय संक्रमित छन्। बिहीबार २ हजार २९४ जना संक्रमणमुक्त भएका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...