धनकुटामा घट्यो कोरोना, १९ जनामा कोरोना पुष्टि

Dhankuta pcr lab

धनकुटा । धनकुटामा आज फेरि कोरोना संक्रमण घटेको छ । बुधबार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा आज बिहीबार सो संख्या घटेर १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज धनकुटामा १५ जना कोरोनामुक्त भएका छन् । योसँगै धनकुटामा कोरोनामुक्त हुनेको संख्या २ हजार ३ सय ७८ जना पुगेको छ । साथै हाल धनकुटामा २ सय १९ जना सक्रिय संक्रमित छन् ।

बुधबार दिउँसोसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ हजार ६ सय २६ पुगेको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको आज दिउँसो ३ बजे जारी गरेको विज्ञप्ती अनुसार धनकुटामा १ सय ९८ जना होम आइसोलेसनमा रहेका छन् भने १० जना संस्थागत आइसोलेसनमा र ११ जना अस्पतालमा उपचारार्थ रहेको जिल्ला प्रशासन कार्यालय धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठद्धारा जारी गरिएको विज्ञप्ती उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस