२९ अंकले बढ्यो शेयर, १५ अर्ब १७ करोडको कारोबार

Nepse parisuchak

काठमाडौं । शेयर बजार परिसूचक नेप्से मंगलबार २९ अंकले बढेको छ । आज २९ दशमलव २ अंकले बढ्दै नेप्से परिसूचक ३ हजार ७९ अंकमा पुगेको हो ।

मंगलबार कारोबार रकम पनि बढ्दै १५ अर्ब १७ करोड रुपैयाँको शेयर किनबेच भएको छ । हिजो १४ अर्ब १३ करोडको कारोबार भएको थियो । मंगलबार कमाउनेमा जलविद्युत कम्पनी र गुमाउनेमा लघुवित्त कम्पनी रहेका छन् । विकास बैंक ३५, जलविद्युत ११९, फाइनान्स ७१, निर्जीवन बीमा १२०, उत्पादन ३०५, जीवन बीमा २६० र अन्य समूह ६० अंकले बढेका छन् । समूहगत रुपमा बैंकिङ ३, ब्यापार २, होटल तथा पर्यटन १८ र माइक्रोफाइनान्स समूह ११६ अंकले घटेका छन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज ‘क’ वर्गका ठूला कम्पनीका सेन्सेटिभ इन्डेक्स समेत ३.१९ अंकले बढेर ५७४.३० विन्दुमा पुगेको छ । यस दिन बैंकिङ, ट्रेडिङ, होटल तथा पर्यटन र माइक्रोफाइनान्स बाहेकका सबै जसो समूह धनात्मक (पोजेटिभ) हुँदा १५ अर्ब माथिको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज कुल २२५ कम्पनीका ३ करोड २३ लाख ५५ हजार कित्ता माथिको शेयर १ लाख ४१ हजार पटक भन्दा बढी किनबेच हुँदा १५ अर्ब १७ करोड माथिको कारोबार भएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...