नेप्सेमा नयाँ उचाई कामय, ५४.३१ अंक बढेर नेप्से ३०५८.६३ बिन्दुमा पुग्यो

Nepse parisuchak

काठमाडौं । साताको पहिलो दिन नेप्सेले ऐतिहासिक उचाइ बनाएको छ । आइतबार ५४.३१ अंक बढेर नेप्से ३०५८.६३ बिन्दुमा पुगेको हो । यो हालसम्मकै उच्च बन्द बिन्दु हो ।

यसअघि नेप्सेले जेठ ३१ गते सर्वाधिक बढी उचाइमा पुगेको थियो । जेठ ३१ गते ३०२५.८३ बिन्दुमा पुगेको थियो । जेठ ३१ को रेकर्डलाई पनि तोड्दै ३०५८ बिन्दुमा पुगेको हो ।

ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.७४ विन्दुले बढेर ५७४.०२ मा पुगेको छ । नेप्सेमा उच्च अङ्कको वृद्धिसँगै कारोवार रकम पनि आज उल्लेख्य वृद्धि भएको छ । कूल २ सय २३ कम्पनीको चार करोड ३९ लाख ३९ हजार २ सय १२ कित्ता शेयर १४ अर्ब २३ करोड २४ लाख १७ हजार ४ सय ७२ मूल्यमा खरिद बिक्री भए ।

कारोवार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर ओरालो लाग्दा ११ उपसमूहको शेयर उकालो लागेको छ । होटल तथा पर्यटन २२.५ र सामूहिक लगानी कोष ०.२४ विन्दुले घटेको छ । यस्तै, बैंकिङ ७२.१४, व्यापार २.७१, विकास बैंक १३, जलविद्युत् ७१.६, निर्जीवन बीमा ४८.४२, उत्पादन ७१.८६, अन्य ६.६, लघुवित्त ८६.२३, जीवन बीमा ३०.८६ र लगानी ०.०४ विन्दुले बढेको छ ।

कारोवारका आधारमा आज नेपाल बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको ४९ करोड ७६ लाख ६५ हजार १ सय ८२ मूल्यमा खरिद बिक्री भए । यस्तै, ग्लोबल आइएमई बैंक ४९ करोड ४४ लाख ३९ हजार , एनसिसी बैंक ३४ करोड ७८ लाख ९८ हजार ५ सय ६८, अरुण काबेली पावर ३४ करोड दुई लाख ६५ हजार ५ सय ३७ र एनआइसि एशिया बैंक ३३ करोड ८० लाख ४५ हजार ३ सय ५१ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेको छ ।

नेप्सेका अनुसार विशाल बजार कम्पनी, ङादी ग्रुप अफ पावर, सर्पोट माइक्रोफाइनान्स राधी विद्युत् कम्पनी पञ्चकन्या माई हाइड्रोपावर, कालिका पावर कम्पनी, जोशी हाइड्रोपावर, युनिभर्सल पावर र हमालयन ऊर्जा विकास कम्पनीको शेयरमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।

लक्ष्मी उन्नती कोष ३.९५, कुमारी इक्विटी फण्ड ३.७०, लक्षमी बैंकको ऋणपत्र ३.३०, ओरियन्टल होटल २.८८ र प्रभु सेलेक्ट फण्डका लगानीकर्ताले २.७३ प्रतिशतले गुमाए । आजको कारोवारपछि बजार पूँजीकरण ४२ खर्ब ५४ अर्ब ७५ करोड ३० लाख ३३ हजार ७ सय ५६ बराबर पुगेको छ ।

प्रतिकृया दिनुहोस