तेह्रथुम पावर कम्पनीको शेयर बिक्री सुरु

Tehrathum hydro

धनकुटा । जलविद्युत् उत्पादक तेह्रथुम पावर कम्पनी लिमिटेडले साधारण सेयर बिक्री सुरु गरेको छ ।

आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुले प्रतिकित्ता एक सय रुपैयाँ दरका चार लाख कित्ता सेयर पाउने भएका हुन् । प्रतिव्यक्ति न्यूनतम १० देखि अधिकतम ६० हजार कित्ता खरिद गर्न पाउनेगरी सेयर निष्कासन गरिएको कम्पनीले जनाएको छ ।

निष्कासन साउन १९ गतेसम्म बन्द हुने सम्भावना छ । सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि भदौ २ गतेसम्म लम्बिनेछ ।

सो शेयर खरिदका लागि माछापुच्छ्रे बैंकको हिले, धनकुटा शाखा कार्यालय, नेपाल बङ्गलादेश बैंकको सक्रान्ती, फेदाप, छथर, सिधुवा, साँगुरीगढी र राजारानी शाखा कार्यालय, ग्लोबल आइएमई बैंकको जिरिखिम्ती शाखा, म्याङलुङ, तेह्रथुम र जलविद्युत आयोजना स्थल मेन्छ्यायेमा गाउँपालिका, तेह्रथुमबाट आवेदन दिन सकिने बताएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...