सेयर बजारमा ९.१ अंकको ‘करेक्सन’, ७ अर्ब ८९ करोडभन्दा बढीको कारोबार

Share market down

काठमाडौं । लगातार पाँच दिनसम्म बढेको सेयर बजार परिसूचक नेप्सेमा मंगलबार भने ९.१ अंकको ‘करेक्सन’ भएको छ । मंगलबार २९८५.५७ अंकमा बजार रोकिएको छ ।

म्यूचअल फण्डमा लगानीकर्ता झुम्मिएको कुल पाँच समूहको मूल्य बढ्यो । आज व्यापार, होटेल र पर्यटन, जलविद्युत, उत्पादन तथा प्रशोधन र म्यूचअल फण्डका लगानीकर्ताले कमाए । अन्य समूहको मूल्य भने औसतमा नकारात्मक रहृयो ।

आज दिनभरमा २१९ वटा कम्पनीको ३ करोड १६ लाख ८ हजार १९३ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८९ करोड ७५ लाख ९४ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै अरुण काबेली पावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ३८ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, अरुण भ्याली हाइड्रोपावर कम्पनीको २६ करोड ९८ लाख, नेपाल इन्स्योरेन्स कम्पनीको २४ करोड १८ लाख, एनआइसी एशिया बैंकको २३ करोड ४९ लाख, कृषि विकास बैंकको २२ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यसैगरी आज सबैभन्दा धेरै लक्ष्मी उन्नती कोष र लक्ष्मी इक्यिुटी फण्डका इकाईधनी र बरुण हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...