सोमबार नेप्से परिसूचक १३ दशमलव ८० अंकले बढ्यो

Stock market

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार नेप्से परिसूचक १३ दशमलव ८० अंकले बढेर २,९९४ दशमलव ४२ को विन्दुमा कायम भएको छ ।

आज दिनभरिमा २१९ वटा कम्पनीको ३ करोड ७५ लाख ७१ हजार ३५४ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एनआइसी एशिया बैंकको शेयर कारोबार भएको छ । कम्पनीको ३५ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, नविल बैंकको ३३ करोड १८ लाख, नेपाल बङलादेश बैंकको ३१ करोड २९ लाख, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर शेयरको ३० करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यसैगरी आज सबैभन्दा धेरै सिनर्जी पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट डिबेञ्चरका इकाईधनीले गुमाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...