गण्डकी प्रदेश सरकारको हालसम्मकै बढी ७३ प्रतिशत बजेट खर्च  

Gandaki province

पोखरा । गण्डकी प्रदेश सरकारको हालसम्मकै बढी ७३ प्रतिशत बजेट खर्च गरेको छ । आर्थिक वर्ष २०७७/०७८ मा ३४ अर्ब ८४ करोड २१ लाख रुपैयाँको प्रदेशको बजेट रहेको थियो ।

जसमध्ये २५ अर्ब ७४ करोड १४ लाख बजेट सकिएको छ । कोरोनाले गर्दा पनि २७ प्रतिशत अर्थात ९ अर्ब १० करोड ७ लाख रुपैयाँ खर्च हुन नसकेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

प्रदेशको चालुतर्फ १४ अर्ब ३४ करोड २६ लाख विनियोजन गरेको थियो जसमध्ये ८ अर्ब १२ करोड ६९ लाख खर्च भएको छ । त्यस्तै पुँजीगततर्फ १९ अर्ब ९९ करोड ९४ लाख विनियोजन गरीएको थियो त्समध्ये १७ अर्ब ६१ करोड ४४ लाख बजेट खर्च भएको छ ।

त्यस्तै वित्तीय व्यवस्थापनतर्फ ५० करोड रुपैयाँ विनियोजन गरिएको थियो । प्रदेशमा सबैभन्नदा बढी भौतिक पूर्वाधार मन्त्रालयबाट करिब ८२ प्रतिशत बजेट खर्च गर्न सफल भएको छ ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...