लक्ष्यअनुसार राजस्व संकलन भएन

Nepali currency 9686

काठमाडौँ । कोरोना भाइरसको कारण आयात निर्यात सहज नहुँदा रसुवा भन्सार कार्यालयले आर्थिक वर्ष २०७७/०७८ को लक्ष्यको ५० प्रतिशत राजस्व पनि संकलन गर्न सकेको छैन ।

कार्यालयको ७ अर्ब २४ करोड ३३ लाख २२ हजार राजस्व संकलन गर्ने लक्ष्य मध्ये ३ अर्ब ५४ करोड २७ लाख ९३ हजार राजस्व संकलन गरेको हो । यो लक्ष्यको ४८.९ प्रतिशत हो ।

२०७६ माघयता नाकाबाट आयात निकै कम भएकोले राजस्व संकलनमा कमी आएको रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिए ।

बिगतमा रसुवागढी नाकाबाट दैनिक २ सय ५० भन्दा बढी कन्टेनर आयात तथा २० भन्दा बढी कन्टेनरहरु निर्यात हुँदै आएका थिए । तर, हाल दैनिक आठ वटा कन्टेनर सामान मात्र आयात हुँदै आएको छ ।

प्रतिकृया दिनुहोस