ओली आज बालुवाटार छोड्दै, एमाले कार्यकर्ताको स्कर्टिङमा बालकोट पुर्याइने

Kp oli

काठमाण्डौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालुवाटारस्थित सरकारी प्रधानमन्त्री निवास छोड्दैछन् ।

उनले बिहान ११ बजेपछि बालुवाटारस्थित सरकारी निवास छोड्न लागेका हुन । बालुवाटारबाट ओली निजी निवास बालकोट जानेछन् ।

एमाले कार्यकर्ताहरुले निवर्तमान प्रधानमन्त्री ओलीलाई स्कर्टिङ गर्दै बालुवाटारदेखि बालकोटसम्म पुर्याउने एमाले नेता महेश बस्नेतले जानकारी दिएका छन् । त्यसका लागि बालुवाटारमा भेला हुन बस्नेतले एमाले युवा कार्यकर्ताहरुलाई आह्वान गरेका छन् ।

२८ असारमा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापित गर्दै प्रधानमन्त्रीमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएपछि ओली पदमुक्त भएका हुन । देउवाले बुधबार पद तथा गोपनियताको शपथ ग्रहण गर्दै बुधबार साँझ नै कार्यभार सम्हालेका छन् ।

प्रतिकृया दिनुहोस