फेरि उकालो लाग्यो सुनको भाउ

80b5f2e8 f599 4152 90d6 a5198badf9ec

केही दिनयता लगातार बढिरहेको सुनको मूल्य शुक्रबार थप १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १०० रुपैयाँले बढ्दै ९२ हजार ४०० रुपैयाँ पुगेको हो । गत बुधबार बजारमा सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज तेजाबी सुनको मूल्य समेत १०० रुपैयाँले नै वृद्धि हुँदै प्रतितोला ९१ हजार ९०० रुपैयाँ कायम भएको छ । 
यता चाँदीको मूल्य भने बिहीबारको तुलनामा प्रतितोला ५ रुपैयाँले घटेर आज एक हजार ३०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...