नेपालमा कोरोना विरुद्धको खोप पठाउन फाउण्डेसनले गर्न थाल्यो पहल

Dr nalin usa

पेन्सेल्भेनिया (अमेरीका) । जिपी कोईराला फाउन्डेशन अमेरीका च्याप्टरले नेपालमा जतिसक्दो चाडो कोरोना विरुद्धको खोप पठाउन लविङ गर्न थालेको छ । यसैक्रममा प्रसिद्ध अमेरीकी वैज्ञानिक डा. डेविड नलिनसँग फाउन्डेशनका पदाधिकारीहरुले वेस्ट चेस्टर पेन्सेल्भिनीयामा विशेष भेटघाट गरेका छन् ।

डा. डेविड नलिन जीवन जलका आविष्कार हुन् । उनी अमेरीकी सरकारको स्वास्थ्य र अनुसन्धानको क्षेत्रमा लामो समय काम गरेका सफल वैज्ञानिक हुन् ।

फाउन्डेशनका अमेरिका च्याप्टरका अध्यक्ष सोमनाथ घिमिरे, उपाध्यक्ष सुवर्ण लामा र कार्यसमिति सदस्य एवं प्रवक्ता रामचन्द्र अधिकारी, पत्रकार मुकुन्द सुवेदी लगायतले नलिनसँग भेट गरी पछिल्लो समयमा नेपाल कोरोना संकटसँग जुधिरहेकाले महामारी नियन्त्रणका लागि नेपाललाई भ्याक्सिन उपलब्ध गराईदिन अमेरिकी सरकारसँग विशेष पहल गरिदिन आग्रह गरेको छ ।

सो भेटमा अमेरिकी वैज्ञानिक नलिनले नेपालमा जतिसक्दो चाडो कोरोना विरुद्धको खोप पठाएर सहयोग गर्न आफ्नो तर्फबाट पहल गर्ने प्रतिवद्धता जनाए । उनले नेपाली जनताको पीडालाई अमेरिकाले नजिकबाट नियालेका कारण नेपाललाई आवश्यक पर्ने खोप उपलब्ध गराउने आफु पनि विस्वास्त रहेको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...