‘राजनीतिक स्थिरताका लागि नयाँ सरकार’

Parkash man

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रिय राजनीतिलाई स्थिर बनाउन नयाँ सरकार बन्नुपर्ने बताए । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले राजनीतिक अस्थिरता अन्त्य र देशको विकासका लागि कांग्रेस सरकारमा जानुपर्ने बताए ।

राष्ट्रिय राजनीतिमा सङ्कट परेका बेला कांग्रेसले नै समाधान गरेको बताउँदै उनले भने, “यो सङ्कटलाई समाधान गरेर जनताको अभिमतअनुसार अहिले हुन नसकेका काम हामीले गर्नुपर्छ ।” जनअपेक्षाअनुसार सरकारले काम गर्न नसकेको आरोप लगाउँदै उनले अब बन्ने सरकारले जनताको चाहनाअनुसार काम गरेर निर्वाचन गर्नुपर्ने बताए ।

फरक प्रसङ्गमा उनले कांग्रेस सरकारमा जाँदैमा महाधिवेशन नरोकिने जिकिर गरे । उनले थपे, “महाधिवेशन पार्टीलाई वैधानिकता राख्ने विषय हो । यो समयमा नै हुनुपर्छ ।” महाधिवेशन समयमै गर्नका लागि आवश्यक तयारीमा ढिलाइ भएको उनको गुनासो थियो ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...