दोलखाको सिँगटीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १७ जना घाइते

Accident 1

काठमाडौं । दोलखाको बिगु गाउँपालिका–४, सिँगटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् ।

दोलखाको बिगु गाउँपालिका –४ लादुकमा गए राति प्रदेश ३–०१–०२३ च ७५८० नम्बरको जीप दुर्घटना हुँदा बिगु –३ का २४ वर्षीया चण्डीका थापा, ३५ वर्षीय विनोद केसी, ४५ वर्षीया अजिता खत्री र ५२ वर्षीया राधा खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । जिपमा २२ यात्रु सवार थिए ।

सिन्धुपाल्चोकको तातोपानी गएर फर्किएको जीप बिगु गाउँपालिकाको लादुकमा दुर्घटनामा परेको हो । दुर्घटनामा चालकसहित १८ जना घाइते भएका छन् । उनीहरुमध्ये ७ जनाको दोलखामा र अरुको धुलिखेल तथा काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

सो जिप सडकबाट करिब डेढ सय मिटर तल खसेको छ । दुर्घटनास्थल सदरमुकामबाट ४० किलोमिटर टाढा पर्दछ । निमित्त प्रमुख जिल्ला अधिकारी बद्रि तिवारी, डिएसपी रिजाल सहितको टोली रातभर घाइतेहरुको उद्धार तथा उपचारमा खटिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...