पत्रकार महासंघमा नव निर्वाचित दलित पत्रकार सम्मानित

171025641 262477562087474 5254443980237680641 n

काठमाडौँ । राष्ट्रिय दलित पत्रकार संघ नेपाल उपत्यका प्रदेश समितीले पत्रकार महासंघमा नवनिर्वाचित दलित पत्रकारहरुलाई सम्मान गरेको छ । आज आइतबार जागरण मिडिया सेन्टरको हलमा विशेष कार्यक्रम गरी नव निर्वाचित दलित पत्रकारलाई सम्मान तथा बधाई कार्यक्रम गरेको हो ।

राष्ट्रिय दलित पत्रकार संघ नेपाल उपत्यका समितीले महासंघको यहि चैत्र २५ गते सम्पन्न भएको निर्वाचनबाट समावेशी तर्फ सचिव र सदस्य पदमा निर्वाचित व्यक्तिहरुलाई सम्मान गरिएको हो ।

राष्ट्रिय दलित पत्रकार संघका वरिष्ठ उपाध्यक्ष गोपाल बराईलीले नवनिर्वाचित राष्ट्रिय दलित पत्रकार संघ नेपाल केन्द्रीय सदस्य राधा नेपाली, शोभा नेपाली, काठमाडौँ उपत्यका प्रदेश अध्यक्ष समेत रहेका सुशिल दर्नाल, हेमकर्ण विक र प्रकाश धौलाकोटी लाई कदर प्रमाणपत्रसहित सम्मान गरेका हुन् ।

सोही कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष बराईलीले नवनिर्वाचित सदस्यहरुलाई बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका उनले आफु निवर्तमान केन्द्रिय सदस्य रहेको बताउँदै अबको दिनमा नव निर्वाचित सदस्यहरुसँग प्रतिपक्ष भएर काम गर्ने बताए । उनले भने,‘चुनावमा आफ्नो संगठनका साथीहरुलाई जिताउनकै लागि खटिएका थियौँ । अब कार्यकाल सकिँदै गर्दा हामी तपाईहरुकै प्रतिपक्ष भएर सँगै अगाडी बढ्छौँ ।’

त्यस्तै नवनिर्वाचित सम्मानित सदस्यहरुले आफूहरुलाई अमुल्य भोट दिएर जिताउने देशैभरका मतदातालाई धन्यवाद दिँदै आगामी दिनमा दलितका मुद्दालाई नै प्राथमिकतामा राखेर अगाडी बढ्ने बताए ।

अनिल सुनाम परियारले सञ्चालन गरेको सो कार्यक्रमको अध्यक्षता राष्ट्रिय दलित पत्रकार संघ नेपाल उपत्यका प्रदेश समितिका उपाध्यक्ष गणेश विकले गरेका थिए भने उपत्यका प्रदेश समितिका सदस्य प्रकाश बराइलीले स्वागत गरेका थिए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...