बुहारीलाई मट्टितेल छर्केर आगो लगाउने व्यक्ति पक्राउ

Arrest 2

काठमाडौं । भनेजति दाइजो नल्याएको भन्दै बुहारीको हत्या गर्न मट्टितेल खन्याएर आगो लगाई फरार भएका एक अभियुक्त सात वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नरैनपुर गाउँपालिका २ लक्ष्मणपुरका ७५ वर्षीय हनिफ शेष ढपाली छन् । ज्यान मार्ने उद्योगका अभियुक्त हनिफ नरनपुर गाउँपालिका १ सुइयामा लुकीछिपी बसेको सूचना पाएपछि प्रहरी परिचालित भएको थियो ।

डुडुवा गाउँपालिका ६ माइती भएकी २३ वर्षीया बुहारी रिहाना शेष ९ढपाली० हत्या अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।हनिफसँग उनकी पत्नी सहजाद खा र रिहानाका पति फरिदले हत्याको प्रयास गरेका थिए ।

सहजाद र फरिद अझै फरार रहेको बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले बताए । हनिफलाई बुधबारै बाँके जिल्ला अदालतमा बुझाइएको इलाका प्रहरी कार्यालय भगवानपुरका इन्जार्च प्रहरी निरिक्षक वसन्त गौतमले जानकारी दिए ।

उनीहरुले रिहानासँग विवाहका बेला दाइजोमा मोटरसाइकल तथा नगद माग गरेको र नदिएपछि सुतिरहेको ठाउँमा मट्टितेल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...