८ वर्षीया नातिनी बलात्कार गर्ने हजुरबुबालाई आजीवन कारावास

Jail detain draol8s5ry

उदयपुर । जिल्ला अदालत उदयपुरले आफ्नै ८ वर्षीया नातिनीलाई बलात्कार गरेको कसुरमा ५६ वर्षीया हजुरबुबालाई आजीवन कारावासको सजाय फैसला गरेको छ ।
गत भदौ ९ गते आफ्नै नातिनीलाई बलात्कार गरेको कसुरमा हजुरबुबाविरुद्ध प्रहरीमा उजुरी परेपछि जिल्ला प्रहरी कार्यालयले ती पुरुषलाई पक्राउ गरेर अनुसन्धान गरी अदालतको आदेशानुसार अदालतमा मुद्दा दर्तासँगै पूर्पक्षका लागि थुनामा राख्दै आएको थियो ।

बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद सिलवालको इजालासले नातिनी बलात्कारको कसुरमा उनलाई आजीवन कारावाससहित ४० हजार दण्ड जरिवाना गर्ने फैसला गरेको अदालतका स्रेस्तेदार धनबहादुर कार्कीले बताए ।

कसुरदार पुरुषले पीडित राहतकोषमा ४ हजार जम्मा गर्नुपर्ने सहितको फैसला अदालतले गरेको जिल्ला अदालत उदपुरले बताएको छ ।

प्रतिकृया दिनुहोस