विप्लवसँग वार्ता गर्न गृहमन्त्री बादलको संयोजकत्वमा वार्ता टोली गठन, विप्लव समूहले पनि छिट्टै वार्ता टोली गठन गर्ने

Ram bahadur thapa v2eniikgss

काठमाडौँ । नेत्र विक्रम चन्द  ‘विप्लव’ नेतृत्वको नेकपासँग वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा वार्ता टोली गठन गरेको छ ।

केही समयदेखि भूमिगत रहेको विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न सरकारले गृहमन्त्री थापाको नेतृत्वमा वार्ता टोली गठन गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी गृहमन्त्री थापाको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सदस्य रहने गरी वार्ता टोली गठन गरेको जानकारी दिए । 

मन्त्री गुरुङले विप्लव समूहले पनि छिट्टै वार्ता टोली गठन गर्ने र सरकारसँग छिट्टै वार्ता हुने विश्वास व्यक्त गरे । विप्लव समूहले प्रवक्ता खगडबहादुर विकको संयोजकत्वमा वार्ता टोली गठनको तयारी गरेको स्रोतको दाबी छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...