बलात्कार गरेको आरोपमा वडाध्यक्ष पक्राउ

Rape 1

रामेछाप । रामेछापमा बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । जिल्लाको मन्थली नगरपालिका १० का वडाध्यक्ष भरत बोहोरालाई प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको हो ।

प्रहरीले उनलाई शनिबार चनखुबाट पक्राउ गरेको हो । भक्तपुरको ठिमी प्रहरी वृत्तले पक्राउ गरी पठाइदिन गरेको आग्रह अनुसार प्रहरीले उनलाई पक्राउ गरी शनिबार नै ठिमी वृत्तको जिम्मा लगाइएको प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले जानकारी दिएका छन् ।

मन्थलीकै एक युवतीले वडाध्यक्ष बोहोराले बलात्कार गरेको भन्दै ठिमी प्रहरीलाई जाहेरी दिएको र त्यसकै आधारमा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि वडाध्यक्ष बोहोरा पक्राउ परेका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...