म्याग्दीका सभासद भुपेन्द्र थापाको कार्यक्रममा दलितलाई बिभेद, पत्रकार गौतमले दलितको समाचार सम्पेषण गर्न चाहेनन्

Kkkk

काठमाडौं । यही पुस २२ गते म्याग्दी जिल्लाको धौलागिरी गाउँपालिका वडा नं. ७, ताकममा अस्पताल शिलान्यास कार्यक्रम सभासद भुपेन्द्र थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने सो कार्यक्रमा गाउँपालिका उपमेयर रेशम छन्त्याल, स्थानीय बुद्धिजिवी र स्थानियबासीहरुको सहभागितामा रहेको थियो ।

ताकमका ३, ४, ५ नं. वडाबासीहरु उपल्लो जाति र वडा नं. ६ का दलितहरुले दलितहरुलाई सेलरोटी बनाउने निर्णय भयो । त्यस गाँउपालिकामा अझैं पनि जातीय बिभेद कायम नै रहेको र बर्षौंदेखि बिभेद सहदै आएको कुरा दलित समुदायका युवा कुशल रसाईलीले आफ्नो सामाजिक सञ्जालमार्फत गुनासो ब्यक्त गरेका छन् ।

अस्पताल शिलान्यास कार्यक्रममा उपल्लो जात र तल्लो जात भनि दुई वटा भान्सा गरियो । सबै जातिलाई समान ब्यवहार गराउछु भन्ने, जातीय बिभेद हटाउछु भन्ने म्याग्दी सभासद भुपेन्द्र थापा स्यबं शिलान्यास कार्यक्रमको प्रमुख अतिथी थिए, आफ्नै आँखा अगाडी त्यस्तो घट्ना घट्दा उनको किन ध्यान गएन ।

खै त बोलेको कुरा पुरा गरेको । चुनावको बेला यस्तो गर्छ , उस्तो गर्छुु भन्ने अनी चुनाव जितेपछी अरु कुरा भाषणमा मात्र सिमित । यो पनि कुनै तरिका हो रु दलित समुदाय मानव हैन र ? उनीहरुलाई अरु शरह बाच्ने अधिकार छैन र ? दलितहरु चुनावको लागी मात्र भोटर मात्र हुन् ? यसप्रती सभासद भुपेन्द्र थापाले ध्यान दिन जरुरी छ । सतिऔंदेखि चलेको जातीय बिभेद अहिले २१ औं शताब्दीमा आईसक्दा पनि अन्त्य हुन सकेको छैन ।

जातिय बिभेद तथा छुवाछुत कसुर ऐन २०६८ बने पनि त्यो कसुर ऐन अक्षरमा मात्र सिमित भएको छ । यस ऐनको ब्यवहारिक रुपमा लागु हुन सकेको छैन । सानालाई ऐन ठुलालाई चैन भने जस्तै भएको छ । जातीय बिभेदको अन्त्य हुने कहिले ? ब्यबहारीक रुपमा लागु हुने कहिले ? यस प्रती नेपालभरका दलित समुदायहरु एक भई आवाज उठाउनुपर्ने जरुरी छ ।

अस्पताल शिलान्यास कार्यक्रममा म्याग्दीका पत्रकार सन्तोष गौतमको सहभागिता भएको र त्यस्तो बिभेद भएपछि समाचार सम्प्रेषण नगरेको दलित समुदायको गुनासो रहेको छ ।

पत्रकार राज्यको चौथौ अंग हो । पत्रकार सबैको साझा हो । पत्रकारले कसैलाई बिभेद गर्न मिल्दैन । पत्रकारीताले कसैलाई बिभेद गर्न भन्दैन तर पत्रकारीता आचारसंहिता भित्र रहेर काम गर्नुपर्छ । पत्रकार गौतमले दलितको समाचार किन सम्प्रेषण गर्न चाहेनन् त ? गैरदलित पत्रकार भएर दलितको समाचार सम्प्रेषण गर्न नचाहेको प्रष्ट अनुमान गर्न सकिन्छ ।

ताकममा यस्तो घट्ना हुँदा म्याग्दीका दलित अगुवाहरु किन कानमा तेल हालेर बसेका छन् । किन चुप छन् म्याग्दीका दलित अगुवा ।

यसप्रती सबैले आवाज उठाउन पर्छ । यस मुद्धा प्रती सम्बन्धीत निकायको छिट्टै ध्यान जाओस् । पिडित पक्षहरुले छिट्टै न्याय पाउन् यही कामना गरौं ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...