आज काठमाडौंका यी स्थानमा बत्ती जाने

Light

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले शनिबार काठमाडौंका विभिन्न स्थानको विद्युत् आपूर्ति बन्द हुने जनाएको छ । चक्रपथ विस्तारका लागि ढुङ्गेधारा, गोलढुङ्गा, स्वयम्भू फिडरमा पर्ने ११ हजार भोल्टको हाइटेन्सन लाइन स्थानान्तरण गर्नुपर्ने भएकाले विद्युत् आपूर्ति बन्द गर्न लागिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको बालाजु वितरण केन्द्रले जारी गरेको सूचनामा नागार्जुन र तारकेश्वर नगरपालिकाका विभिन्न स्थानमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जनाइएको छ ।

प्राधिकरणका अनुसार शनिबार ढुङ्गेधारा, वनस्थली, चमती, रानिवन, भृकुटी टोल, नेपालटार, गोलढुङ्गा, तीनपिप्ले, ओशो तपोवन, धादिङको छत्रेदेउराली, स्वयम्भू, सानोभर्याङ, ठूलोभर्याङ, इचङ्गुनारायण, कारखाना चोक लगायतका स्थानमा विद्युतु आपूर्ति बन्द हुनेछ । तोकिएको समय अगावै काम सम्पन्न भएमा भने विद्युत् आपूर्ति समय अगावै हुने प्राधिकरणले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...