प्रचण्ड - नेपाल पक्षका विद्यार्थीले ओलीको विरोध गर्दै धनगढीमा बाले टायर

56323

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड - नेपाल समूहका विद्यार्थीहरूले आज धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा टायर बालेका छन् ।

सुदूरपश्चिमप्रदेशको धनगढीमा आयोजना भएको विशाला कार्यकर्ता भेलालाई सम्बोधन गर्न कैलालीको धनगढी पुगेका प्रधानमन्त्री ओलीको विरोधमा खुलामञ्चनजिक  अनेरास्ववियूका कार्यकर्र्ताले टायर बालेका हुन् । अनेरास्ववियूका एक नेताले  प्रधानमन्त्री ओलीलाई ६ ठाउँमा  कालोझन्डा देखाउने कार्यक्रम रहेको बताए।

प्रतिनिधि सभा विघटनपछि प्रधानमन्त्री ओली पहिलो पटक राजधानीबाहिर आउन लागेका हुन्। सूदुरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट प्रचण्ड - नेपाल समूहका भएकाले पनि ओलीको धनगढी यात्राका क्रममा तनाव हुन सक्ने अनुमान गरेर सुरक्षा व्यवस्था कडा पारिएको छ। विमानस्थलमा तालिम प्राप्त कुकुरसहित सेना परिचालन गरिएको छ भने धनगढीका चोक चोकमा बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको छ।

यसैबीच सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रधानमन्त्री ओलीलाई विमानस्थलमा स्वागत नगर्ने भएका छन्। प्रचण्ड - नेपाल पक्षीय नेकपा कैलाली अध्यक्ष तथा प्रदेश सभा सांसद दीर्घ सोडारीले असंवैधानिक कदम चाल्ने प्रधानमन्त्री ओलीलाई स्वागत गर्न मुख्यमन्त्री र मन्त्रीहरू नजाने बताए।  

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...