तनहुँमा १ लाख ५० हजार घुससहित सवइन्जिनियर पक्राउ

Arrested 15

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित एक सवइन्जिनियरलाई पक्राउ गरेकोम छ । तनहुँमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आयोजना कार्यान्वयन इकाइ (शिक्षा) मा कार्यरत सवइन्जिनियर सुरेन्द्र अधिकारीलाई घुससहित पक्राउ गरिएको हो ।

आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले अधिकारीलाई १ लाख ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

भानु नगरपालिका कार्यक्षेत्र भई आयोजना कार्यान्वयन इकाई (शिक्षा) मा कार्यरत सवइन्जिनियर अधिकारीले आफ्नो कार्यक्षेत्र भित्रको विद्यालयको भौतिक संरचना निर्माणमा निकासा दिलाइदिए वापत अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचनाको आधारमा उक्त घुस रकमसहित नियन्त्रणमा लिएको प्रवक्ता अधिकारीले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...