प्रतिनिधिसभा विगठनविरुद्ध प्रचण्ड-नेपाल समुहको शक्ति प्रदर्शन

Pradaesan 15

काठमाडौं । संसद् विघटनविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहले मंगलबार काठमाडौंमा विरोधसभा गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा भएको विरोधसभामा उपत्यकाका तीनै जिल्लाबाट प्रचण्ड(ओली समूहका नेता तथा कार्यकर्ता जुलुससहित पुगेका थिए ।

६ प्रदेशमा जिल्ला जिल्लामा प्रदर्शन गरेको यो समूहले बागमती प्रदेशमा भने राजधानीमा मात्र प्रदर्शन गरेको थियो । शक्ति प्रदर्शन मानिएको प्रदर्शनका लागि प्रदेशका विभिन्न जिल्लाहरुबाट समेत कार्यकर्ता ल्याइएको थियो ।

सभालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, नेतृ अष्टलक्ष्मी शाक्यले सम्बोधन गरे । तिनिधिसभा विघटनको विरोधमा नेकपा प्रचण्ड(माधव समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ ।

राजधानीको विभिन्न स्थानबाट निस्किएको जुलुस भृकुटीमण्डपमा आएर आमसभामा परिणत भएको थियो । प्रदर्शनमार्गस्थित सडकमै मञ्च बनाइएको थियो भने पुतलीसडकसम्म प्रदर्शनमा सहभागी नेता कार्यकर्ता बसको थिए ।

यता, राजधानी बाहिर पनि ओलीको कदम विरुद्ध प्रदर्शन गरिएको छ । प्रदर्शनका क्रममा नेकपाका कार्यकर्ताहरुले ओलीले बालहठमा कारण नेपालमा लोकतन्त्र नै धरापमा परेको भन्दै चर्का नारावाजी गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...