बलात्कारपछि ६ वर्षिय बालिका हत्याको आरोप लागेका युवकको घरमा स्थानीयले लगाए आगो

126290616 3273708119423219 1276328952863627445 o

काठमाडौँ । महोत्तरीको बर्दिबास १४ शुभम् बस्तीबाट बेपत्ता भएकी ६ वर्षीय बालिका बलात्कार गरेर हत्या गरेको आरोपीलाई कडा कारवाहीको माग गर्दै स्थानीय आन्दोलित भएका स्थानीयले आरोपित युवाको घरमा आगो लगाएका छन् ।

इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी राजन चापागाईंका अनुसार आइतबार साँझदेखि बस्तीबाटै हराएकी शहिद आलमकी छोरी गुलाब साह खातुनको शव राती बोरामा राखेर फालिएको अवस्थामा भेटिएको थियो।

आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजगमार्गमा टायर बालेर बन्द गरेका छन्। बलात्कारपछि हत्या गरिएको आशंका भएकोले निस्पक्ष छानविन गर्न बालिकाका बुवाले माग गरेका छन्। स्थानीयले आरोपीको घरमा पनि तोडफोड गरेका छन्।

बलात्कार आरोपितको घरमा प्रदर्शनकारीले आगजनी गरेका छन्। आगो नियन्त्रण गर्न आएको बर्दिबास नगरपालिकाको दमकललाई बीच बाटोमै उनीहरूले रोकेका छन्। भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...