अज्ञात समुहद्धारा सुन्धाराको मस्जिदमा डोजर लगाएर तोडफोड

Madani mosque

काठमाडौं । अज्ञात समुहले काठमाडौंको सुन्धारामा रहेको मुसफिर मदनी मस्जिदमा डोजर लगाएर मस्जिद अगाडिको भाग तोडफोड गरेका छन् ।

मुसफिर मदिनी मस्जिद २०७२ सालको भूकम्पले धरहरा ढल्दा क्षतिग्रस्त बनेको थियो । यसलाई मुस्लिम समुदायले अस्थायी रुपमा संरचना बनाइ प्रयोग गरिरहेका छन् ।

आजभन्दा एक सय वर्षअघि मुस्लिम धर्मावलम्बीहरू काठमाडौं आउजाउ गर्दा नमाज पढ्ने स्थानको रुपमा स्थापित भएको यो मस्जिदमा अहिले चार प्रहरको नमाज पढ्न मुस्लिम समुदाय पुग्ने गरेका छन् ।

निर्माणधीन धरहराको ठिक पछाडि ६ आना ३ दाम क्षेत्रफलमा रहेको यो मस्जिदको स्वामित्व नेपाल सरकारसँग रहेको छ भने भोगचलन मस्जिद व्यवस्थापनले गर्दै आएको छ ।

मस्जिद भत्काइएपछि मुस्लिम समुदाय चिन्तित र आक्रोशित बनेका छन् । मस्जिद परिसरमा भेटिनुभएका मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले भूमाफियाले जग्गा हडप्न मस्जिद भत्काउने काम गरेको बताए ।

सो घटनाको मुस्लिम सङ्‍घले समेत विरोध गरेको छ । मुस्लिम सङ्घका अध्यक्ष अब्दुल सतारले यो घटना मस्जिदमाथिको आक्रमण मात्रै नभएर सम्पूर्ण नेपाली मुस्लिममाथिको आक्रमण भएको बताए ।

 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...