‘तँ डुमले हाम्री छोरी लिन खोज्ने’ भन्दै कुटिए दिनेश नेपाली, प्रहरीले अस्पतालबाट समातेपछि भयो कोरोना

डोटीको प्रहरी भन्छ, यो विषयमा केही बोल्न मिल्दैन

Dinesh nepali

डोटी । पछिल्ला केही समययता अन्तरजातीय प्रेम वा विवाह गरेका विषयमा दलित युवाहरु निर्घात कुटिने मात्रै होइन, मारिने पनि गरेका छन् । पछिल्लोपटक डोटीमा एक दलित युवा गैर दलित युवतीसँग प्रेम सम्बन्ध रहेको आशंकामा निर्घातरुपमा कुटिएका छन् ।

डोटी जिल्लाको बडिकेदार गाउँपालिका वडा नं. ३ जदीका दिनेश नेपाली मरणासन्न हुनेगरी कुटिएका छन् । यतिसम्मकी ‘जो होचो, उसैको मुखमा घोचो’ झै उल्टै जवरजस्ती करणको मुद्दामा जेलसम्म हालिएको छ ।

स्थानीय पुष्पा पुन मगरसँग प्रेम सम्बन्ध रहेको आशंकामा नेपालीलाई असोज २५ गते गाउँलेले दिनभर कुटपिट गरेका थिए । गाउलेको कुटाईबाट गम्भीर घाइते भएका नेपालीको कैलालीस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेका बेला प्रहरीले उनलाई असोज २९ गते नै पक्राउ गरी हिरासतमा राखेको छ ।

१७ वर्षीय नेपालीले मगरसँग प्रेम गरेको आरोपमा गाउलेले असोज २५ गते नेपालीकै घरमा गएर कुटपिट गरेका थिए । उनलाई त्यसको भोलीपल्ट अर्थात् असोज २६ गतै उपचारका लागि डोकोमा बोकाएर अस्पताल लगिएको थियो ।

उनको अस्पतालमा उपचार भइरहेका बेला प्रहरीले जवरजस्ती करणीको मुद्दा दर्ता भएको भन्दै अस्पतालबाटै डोटी लगेको थियो । तर, हिरासतमा रहेकै बेला उनलाई कोरोना संक्रमण भएको भन्दै प्रहरीले फेरि अस्पतालको जिम्मा लगाएको छ ।

गाउलेको कुटाईबाटै गम्भीर घाइते भएका नेपालीको स्वास्थ्य अवस्था नाजुक बनेको छ । उनको जिल्लास्थित अस्पतालमा उपचार भइरहेको छ । उनी शुक्रबारदेखि बोल्नसमेत नसक्ने भएका छन् ।

प्रहरी भन्छ, केही बोल्न मिल्दैन
जिल्ला प्रहरी कार्यालयले नेपालीलाई प्रादेशिक अस्पतालमा उपचार भइरहेका बेला जिल्ला प्रहरी कार्यालयमा ल्याएर हिरासतमा राखेको थियो । हिरासतमा रहेका बेला जिल्ला अस्पतालबाट असोज १ गते कोरोना परिक्षणका लागि स्वाब दिइएकोमा ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनलाई कोरोना संक्रमण पष्टि भए लगत्तै प्रहरीले नेपालीलाई अस्पतालको जिम्मा लगाएको थियो । उपचार भइरहेका बेला प्रहरीले हिरासतमा ल्याउँदा कोरोना संक्रमण भएको आफन्तको भनाई छ ।

उनलाई कसरी हिरासतमा ल्याइयो भन्ने विषयमा प्रहरी केही बताउन चाहँदैन । शुक्रबार दिउँसाे निशान न्युजले जिल्ला प्रहरी कार्यालयमा डिएसपी इन्द्र मल्लसँग सम्पर्क गर्दा घटनाबारे केही बताउन नमिल्ने भन्दै पन्छिएका थिए ।

उनले जबरजस्ती करणको मुद्दा परेपछि पक्राउ गरिएको तर उनीमाथि कुटपिट भएको विषयमा आफुलाई कुनै जानकारी नभएको भन्दै पन्छिन खोजे । यतिसम्मकी आफुले जागिर खाएको समयदेखि नै दलितलाई सहयोग गर्दै आएको भनेर कुरा मोड्न खोजे ।

‘म त दलित शब्द नै मन पराउँदिन । मान्दिन पनि’ उनले भने, ‘हेर यार मलाई यो विषयमा धेरै बोल्नु छैन । अनुसन्धानपछि केही भनौला नि । अहिले नै किन सबै भन्नु र ? यो विषयमा बोल्न जरुरी छैन ।’

तर, प्रहरीले शुक्रबार नै दिनेशका आफन्तलाई ‘दिनेशलाई कोरोना लागेको छ, विरामी छ । बमिट गरिरहेको छ । उपचार गर्न पैसा ल्याएर आउनु’ भनी खबर गरेको थियो ।

नेपालीका परिवारले शुक्रबार नै जिल्ला प्रहरी कार्यालयमा दिनेश नेपालीलाई असोज २५ गते घरमा आई कुटपिट गरिएको भन्दै उजुरी दिन खोज्दा दर्ता गर्न मानेको छैन । दिनेशका आफन्तले उनको स्वास्थ्य अवस्था नाजुक रहेको र अन्यायमा परेको भन्दै न्यायको अपिलसमेत गरेका छन् । 

यसरी भयो घटना
गाउलेले १६ वर्षीय पुष्पा पुन मगर र १७ वर्षीय दिनेश नेपालीबीच प्रेम सम्बन्ध रहेको आशंका गरेका थिए । आशंका गरेकै अवस्थामा पुष्पाले आफ्नो कापीमा डि प्लस पि (D+P) लेखेको भेट्टाएपछि दिनेशमाथि जाइलागेका थिए ।

स्थानीय मगर समुदायका मानिसहरुले असोज २५ गते बिहान करिव ७ बजेको समयमा अन्तरजातीय प्रेम सम्बन्धको आशंकामा दिनेश नेपालीको घरमा पसेर काम गरिरहेको अवस्थामा कुटपिट गरेका थिए । उनीहरुले घरको बारसमेत फोरेका थिए भने घरसमेत तोडफोड गरेका थिए ।

गाउलेको समुहले दिनेशको हातमा रहेको मोबाइल खोसेर हातखुट्टा बाँधेर ‘तँ डुमले हाम्री छोरी लिन खोज्ने’ भन्दै कुटपिट गरेका थिए । उनीहरुले बिहान ७ बजेदेखि साँझ ३ बजेसम्म पनि कुटपिट गरेका थिए ।

दिनेश नेपालीका बुवा, आमाले ‘किन पिटेको भनेर सोध्दा पनि ‘डुम डुमेनी भएर हाम्री छोरी लिन खोज्ने’ भन्दै कुटपिट गरिरहेका थिए । दिनेशकी बहिनी रुपा नेपालीले पानी दिन खोज्दासमेत मोबाइल खोसेर पानी दिनेलाई पनि मार्दिन्छौ’ भन्दै कुटपिट गरेका थिए ।

उनीहरुको कुटपिटपछि बेहोस भएका दिनेशलाई प्रहरीकै रोहवरमा सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना गरिएको थियो । अस्पतालमा उपचार भइरहेकै अवस्थामा दिनेशलाई असोज २९ गते डोटी प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा हिरासतमा राखेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...