बाघको आक्रमणमा परी एक महिलाको मृत्यु

Dead ihx8ctnygo 19

बर्दिया । बर्दियामा एक महिलाको बाघले आक्रमणमा गर्दा मृत्यु भएको छ । मधुवन नगरपालिका–३ बस्ने २९ वर्षीय गंगा खत्रीको घाँस काट्ने क्रममा बाघको आक्रमणमा परेर मृत्यु भएको हो ।

स्थानीय सम्झना सामुदायिक वन उपभोक्ता समूह मधुवनमा घाँस काट्न गएका बेला पाटे बाघले आक्रमण गरी जंगल भित्र पुर्याएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्र वाग्लेले बताए ।

सशस्त्र प्रहरी, स्थानियवासीको पहलमा होहल्ला गरी बाघ धपाएर हेर्दा महिलाको मृत्यु भइसकेको थियो । घटनास्थ भारतको कर्तनियाघाट वनविहार र बर्दिया राष्ट्रिय निकुञ्जको बीचमा अवस्थित खाता जैविकमार्ग वनक्षेत्रमा पर्छ । सोही क्षेत्रमा केही हप्ता अघि भारत तर्फको जंगलमा पुगेका नेपालीको पनि बाघको आक्रमणमा परी मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...