बागलुङमा खोलाले बगाउँदा एक बालकको मृत्यु

Beybata

बागलुङ । बागलुङको पश्चिम क्षेत्र बडिगाड गाउँपालिकास्थित भीमगिठे खोलाले बगाएर एक बालकको मृत्यु भएको छ । शनिबार बडिगाड गाउँपालिका ७, भीमिगिठेका ७ वर्षीय अनुप केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।

भीमगिठे खोलामा पौडी खेल्ने क्रममा बगाएर दुई किलोमिटर तल पुर्‍याएको बालकलाई प्रहरी र स्थानीयले उद्धार गरेका थिए । उद्धारपछि बडिगाड पोलिक्लिनिकमा उपचारका लागि लगे पनि बालकको मृत्यु भएको रेग्मीको भनाइ छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...