काठमाडौं र भक्तपुरका यी ठाउँमा आज जाँदैछ बिजुली

Bijuli electric light 768x527

काठमाडौँ । काठमाडौं र भक्तपुरका विभिन्न ठाउँमा आज (शनिबार) बढीमा तीन घण्टा बिजुली जाँदै छ। बिहान १० बजेदेखि १२ बजेसम्म काठमाडौंको बालाजु, कुलेश्वर, कलंकी लगायतका क्षेत्रमा बिजुली काटिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

त्यस्तै बालाजु क्षेत्रको वनस्थली, माछापोखरी, बाइपास, गुम्बाचौकी, मनमैजु पुल, लोकतान्त्रिकचोक, इन्द्रेणी पुल आसपासमा मर्मतका लागि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म बत्ती काटिने प्राधिकरणका सूचना अधिकारी लिला अर्यालले जानकारी दिए।

अर्यालका अनुसार ट्रान्सफर्मर जोड्नु पर्ने तथा रुख काट्नु पर्ने भएकाले कुलेश्वर कलंकी क्षेत्रमा पर्ने सालिक चोक, पार्टीचोक, अमर ज्योती स्कुल, हंसटार, मालपोत क्षेत्रमा पनि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म बत्ती काटिँदै छ।

त्यसैगरी भक्तपुरको ठिमी, चारदोबाटो, कोरियन अस्पताल, गठ्ठाघर, कौशलटार लगायतका क्षेत्रमा पनि बिहान १० बजेदेखि १२ बजेसम्म बिजुली नआउने अर्यालले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...