साउदीमा ८ महिनादेखि अलपत्र एक नेपालीको उद्धार

Nepali uddar 1

दोहा । साउदी अरबमा ८ महिनादेखि अलपत्र परेका एक नेपालीको उद्धार गरिएको छ । साउदीको रियादमा अलपत्र परेका कैलालीका शेर बहादुर कडाराको उद्धार गरि नेपाल पठाइएको सहयोगी एकता समाज साउदीका सस्थापक अध्यक्ष खेमराज भट्टले जानकारी दिए । साउदीमा क्रियासिल सामाजिक संस्थाहरु सहयोगी नेपाली एकता समाज, अन्तर समन्वय समिति र सुदूर पश्चमेली समाजका दुई सामाजिक अभियान्ताहरुको संयुक्त प्रयासमा स्वदेश फर्काउन सफल भएको उनले बताए ।

कोरोनाका कारण कम्पनी बन्द भएपछि कडारा ८ महिना देखि रियादमा अलपत्र परेका थिए । कम्पनी सञ्चालक सम्पर्कमा नआएपछि साउदीस्थित नेपाली दूतावासले ट्राभल डकुमेन्ट बनाई दिएको थियो ।

हवाई टिकट खर्च बापत अन्तर समन्वय समितिबाट ९ सय साउदी रियाल, सुदूर पश्चिमेली समाजका सामाजिक अभियान्ताहरु जगदिश नाथबाट ५ सय रियाल र चक्र मल्लबाट ४ सय रियाद सहयोग प्राप्त भएको थियो । सहयोगी नेपाली एकता समाजले उनको पीसीआर टेष्ट र काठमाडौ देखि धनगढीसम्म जानका बस भाडा बापत ६ सय रियाल उपलब्ध गराएको समाजका संस्थापक अध्यक्ष भट्टले बताए ।

प्रतिकृया दिनुहोस