डाक्टरको भेषमा ठगी गर्ने एक नक्कली डाक्टर पक्राउ

969769089121121958 259711245401343 8131170608284413201 n

काठमाडौं । डाक्टरको भेषमा बिरामीको उपचार गर्ने भन्दै ठगी गर्ने एक जना नक्कली डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ। डा. शिवश‌ंकर (आरडी एसएस यादव) को नामबाट बिरामीको उपचार गर्ने भन्दै ठगी गर्ने विन्दवासिनी गाउँपालिका–३, पर्साका नारद साह तेलीलाई प्रहरीले पक्राउ गरेको हो ।

वीरगञ्ज महानगरपालिका२, छपकैयास्थित यादव अल्ट्रासाउन्ड सेन्टरमा बिरामीको चेकजाँच गरी औषधी उपचार तथा गर्भवती महिलाको अल्ट्रासाउन्ड गरिरहेको छ भन्ने विशेष सूचनाको अधारमा खोजतलास गर्दा सोही अल्ट्रासाउन्ड सेन्टरबाट तेलीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका नक्कली डाक्टर तेलीलाई पर्सा जिल्ला अदालतबाट मुलुकी अपराध संहित २०७४ को परिच्छेद १९ को दफा २३० को इलाज सम्बन्धी कसुर शीर्षकमा ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस