खोटाङमा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु

Dead ihx8ctnygo 19

खोटाङ । अरिङ्गालको टोकाइबाट गम्भिर घाइते बनेका एक युवकको उपचारका क्रममा आइतबार मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका २९ वर्षीय उत्तम भनिने पातलसिङ राईको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

अरिङ्गालले टोकेपछि उद्धार गरेर बेहोस अवस्थामा उपचारका लागि अस्पताल ल्याइएका राईको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द साहले जानकारी दिए । घाँस–दाउरा गर्न जंगल गएका राईलाई शनिबार दिउँसो करीब ४ बजेको समयमा रुखमा गोला भएको अरिङ्गालले टोकेर घाइते बनाएको स्थानीय बासिन्दाले बताएका छन् ।

प्रतिकृया दिनुहोस