बस र टिपर ठोक्किँदा एकजनाको मृत्यु, एक घाइते

Accident news

धादिङ । धादिङको थाक्रे नौ किलोमा बस र टिपर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु र एकजना घाइते भएका छन्। शनिबार बिहान करिब ३ बजे भएको दुर्घटनामा परी टिपर चालक ललितपुर महानगरपालिका–२९ हरिसिद्धिका ३५ वर्षीय कृष्ण लामाको मृत्यु भएको हो ।

यस्तै, दुर्घटनामा घाइते भएको मकवानपुरको कैलास गाउँपालिका–५ का २२ वर्षीय अजय मोक्तानलाई उपचारको लागि ट्रमा सेन्टर काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। काठमाडौबाट मलेखुतर्फ जाँदै गरेको बा ५ ख ४९९ नम्बरको टिपरले र रौतहटबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख ४९२ नम्बरको बस एकापसमा ठोक्किएको थियो । ठक्करबाट टिपर सडकबाट ५० मिटर तल महेश खोलामा खसेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...