भारतबाट तस्करी गरेर ल्याइएका पटाकासहित झापाबाट १ जना पक्राउ

Pataka baramad

भद्रपुर । हिन्दू नेपालीको दोस्रो ठूलो पर्व तिहारलाई लक्षित गरी भारतबाट पटाका तस्करी गर्ने अर्का एक जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको भद्रपुर–३ पैतिस लाइन क्षेत्रबाट प्रहरीले पटाकासहित १ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भद्रपुर–४ का ४२ वर्षीय ढाक्रे राजवंशी छन् ।

विशेस सूचनाको आधारमा खटिएको प्रहरी टोलीले शुक्रबार साँझ पैतिस लाइन क्षेत्रमा मे १ ह ३४१३ नम्बरको अटोलाई नियन्त्रणमा लिएको थियो ।

अटोलाई नियन्त्रणमा लिएर चेकजाँच गर्ने क्रममा अटो भित्र लुकाइ राखेको खवस्थामा ५८ वण्डल खुर्सानी पटका फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

बरामद पटाका र अटोसहित चालक राजवंशीलाई वडा प्रहरी कार्यालय भद्रपुरमा राखी कानूनी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । यसअघि प्रहरीले सुनसरीको इटहरीबाट पटाकासहित २ जनालाई पक्राउ गरेको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...