बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

Accident new

स्याङ्जा । स्याङ्जाको भीरकोटमा आज अपराह्न बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार वालिङबाट हेलुतर्फ जाँदै गरेको पायोनियर हायर एजुकेसन ऐकेडेमीको ग१क ४३७० नम्बरको बसले विपरीत दिशाबाट आएको ग१३प २८१४ नम्बरको मोटरसाइकललाई भीरकोट–१ दार्सिङस्थित सिद्धार्थ राजमार्गमा ठक्कर दिँदा दुईजनाको मृत्यु भएको हो ।

उनका अनुसार स्याङ्जाको भीरकोट–३ बानेथोक देउराली घर भई हाल कपिलवस्तु बस्ने ३१ वर्षीय ध्रुव भन्ने गुप्तबहादुर खत्री र भीरकोट–३ बानेथोक देउराली घर भई वालिङ नपा–१ रामबाच्छा बस्ने ५५ वर्षीय ढालबहादुर रानाको हेलुस्थित कालिका सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले दुवै सवारीसाधन र बस चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...