माल्टा पठाइदिन्छु भन्दै झण्डै ४९ लाख रुपैयाँ ठगीको अभियोगमा एक व्यक्ति पक्राउ

8

काठमाण्डौ । माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् । माल्टा पठाइदिने भन्दै विभिन्न प्रलोभनमा पारी ४८ लाख ९८ हजार रुपैयाँ ठगी गरेको अभियोगमा सुनसरीको बराहक्षेत्र नगरपालिकाका ३२ वर्षीय सुरज राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

नगद पैसा लिएपछि फरार रहेका सुरजलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय सुनसरीको समन्वयमा सुनसरीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई आवश्यक कारबाहीका लागि बुधबार महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...