सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु

Accident new

काठमाडौँ । देशका बिभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। ललितपुर, डडेलधुरा, रामेछाप र दाङ जिल्लामा भएका सवारी दुर्घटनामा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।

ललितपुर महानगरपालिका–२ स्थित बिपि पार्कको साइडमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री नुवाकोट घर भएका ३० वर्षीय टपबहादुर तामाङको घटनास्थलमै सोमबार राति मृत्यु भएको छ। ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ।

यसै गरी ललितपुरकै खुमलटारस्थित सडकमा ना.६ त ४५८२ नम्बरको ट्याक्टरबाट खसेर सोही ट्याक्टरमा काम गर्ने ५५ वर्षीय अर्जुन बिकको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–१० पाटनढोका बस्ने सोलुखुम्बु भुलुङ गाउँपालिका–८ दुधकोशी घर भएका बिकको सोमबार दिउँसो मृत्यु भएको हो। फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

डडेलधुराको गन्यापधुरा गाउँपालिका–२ रडुवागजरौलास्थित सडकमा प्रदेश ०१ ००८ प २४५२ नम्बरको मोटरसाइकल सोमबार दिउँसो सडकबाट ६० मिटर तल खोलामा खस्दा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक डोटी दिपायल सिलगढी नगरपालिका–५ बागठाँटा बस्ने ३२ वर्षीय शंकर भुल रहेका छन्।

दुर्घटनामा घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ५५ वर्षीया जुनकिरी भुलको सोही अस्पतालमा उपचार भइरहेको छ ।

रामेछापको दोरम्बा गाउँपालिका–४ सानो शैलुङस्थित सडकमा ना.७ त ८७३ नम्बरको ट्याक्टर सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना हुँदा २ जनाको सोमबार घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेहरूमा ट्याक्टर चालक दोरम्बा गाउँपालिका–७ पुडिटार बस्ने २७ वर्षीय पेमा लामा र ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ५५ वर्षीय फुर्वा दोर्जे लाप्साई रहेका छन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका–८ गहतेखोलास्थित सडकमा रा।५ प ४७५९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएर सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक तुलसीपुर उमहानगरपालिका–६ बस्ने २९ वर्षीय बसन्त भण्डारीको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई सोही अस्पताल हुँदै थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...