१४ वर्षीया बालिका बलात्कार आरोपमा ३५ वर्षीय युवक पक्राउ

Arested 1

काठमाडौँ । चौध वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सप्तरीबाट एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको कञ्चनरुप नगरपालिका–७ का ३५ वर्षीय पाँचु सरदार रहेका इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ । पीडित बालिकाका अभिभावकले दिएको उजुरीका आधारमा पक्राउ परेका सरदारविरुद्ध सोमबारै जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ ।

घरमा कोही नभएका बेला शनिबार साँझ उनले बालिकालाई बलात्कार गरेका इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आइतबार बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...