रामेछापमा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

Accident new

रामेछाप । रामेछापको दोरम्बा गाउँपालिका–४, गोश्वारामा सोमबार राति ना ७ त ८७३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा २ जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक टेकेन्द्र शर्मा पौडेलका अनुसार दुर्घटनामा मृत्यु हुनेमा ट्याक्टर चालक पेमा लामा र यात्रु फूर्वाज्यालेन लामा रहेका छन् । ट्याक्टरमा रहेका एक यात्रुले भने हाम फालेर ज्यान जोगाएका थिए ।


काभ्रे जिल्लाको जिरोकिलोबाट डिजेल बोकेर गौश्वाराको सानोशैलुंगतर्फ जाँदै गरेको उक्त ट्याक्टर ब्रेक फेल भएर दुर्घटना भएको प्रारम्भिक जानकारी आएको पौडेलले जनाएका छन् । उनका अनुसार घटनास्थलतर्फ प्रहरी परिचालन भइसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...