‘लन्डनकी नागरिक हुँ, विवाह गर्छु’ भन्दै ठग्ने महिला पक्राउ

Arrest woman

काठमाडौँ । सामाजिक सञ्जालमार्फत् लन्डनको नागरिक हुँ, विवाह गर्छुु भन्दै ठगी गर्ने महिला पक्राउ परेकी छन् । महानगरीय अपराध महाशाखाको टोलीले रूपन्देही सैनामैना नगर–११ सालझण्डीकी ३१ वर्षीया सीता भुषाललाई पक्राउ गरेको हो ।

हाल उनी चन्द्रागिरि नगरपालिका–७ गुर्जुधारामा आफ्ना बुवासँग बस्दै आएकी थिइन् । उनले ठगी गर्न फेसबुकमा डा. जेम्स सोनार र जेम्स एन्डी नामबाट नक्कली आइडी खोलेकी छन् । त्यसबाट अरूलाई फ्रेन्ड रिक्वेष्ट पठाइ आफू लन्डनको नागरिक हुँ भन्ने गरेको महाशाखाले जनाएको छ ।

त्यस्तै, उनले पुरूषहरूलाई विश्वास जित्न विवाह समेत गर्छु भन्ने गरेकी थिइन् । कुराकानीपश्चात् जन्म दिनको अवसरमा सरप्राइज गिफ्टमा सुनको सिक्री, आइफोन, र २० हजार डलर पठाएको छुँ भन्ने गरेको महाशाखाले जनाएको छ ।

मन जित्न उनले त्यसको फोटो समेत पठाउने गर्थिन् । त्यसरी प्रलोभनमा पारेपछि उनले लाखौं रकम ठगी गर्ने गरेको आरोपमा पक्राउ गरेको हो । उनले विभिन्न व्यवसाय चलाउनको लागि पैसा समेत माग्ने गरेको प्रहरीले बताएको छ ।

उनीमाथि थप अनुसन्धान गर्न महाशाखाले महानगरीय प्रहरी परिसर, काठमाडौंमा पठाएको छ । उनले अहिले दुई जना प्रहरीको सम्पर्कमा आएको महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीले बताए ।

हाम्रो सम्पर्कमा दुई जना आएका छन् । तर उनले थुप्रैलाई ठगेको देखिन्छ उनले भने हाम्रो अनुसन्धानबाट २०,२५ जनालाई यसरी नै ठगेको देखिएको छ। तर सम्पर्कमा आएका छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...